शनिबार, असार २७, २०८३

सान्चेजको गोलमा इन्टर मिलानको जित

इटालियन सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा शीर्षस्थानको इन्टर मिलानले जित निकालेको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं – इटालियन सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा शीर्षस्थानको इन्टर मिलानले जित निकालेको छ।

पर्माको मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टरले २–१ गोलको जित निकालेको हो। जितका लागि दुवै गोल एलेक्सिस सान्चेजले गरे।

पहिलो हाफका सबै प्रयास विफल भएपछि उनले दुवै गोल दोस्रो हाफमा मात्र गरे। बेल्जियन फरवार्ड रोमेलु लुकाकुले ५४ औं मिनेटमा दिएको पासको सदुपयोग गर्दै सान्चेजले पहिलो गोल गरे।

त्यस्तै ६२ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दा पनि लुकाकुकै एसिस्ट रह्यो।

यता घरेलु टिम पर्माका अज्वेडो जुनियरले खेलको ७१ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए। यससँगै खेलको नतिजा २–१ भयो।

सोही नतिजाका साथ जित निकाल्दै इन्टरले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। 

दोस्रो स्थानको एसी मिलानको ५३ अंक छ भने डिफेन्डिङ च्याम्पियन युभेन्टस‍्काे ४९ अंक छ।

यता लिगमा संघर्षरत पर्मा १९ औं स्थानमा छ।

प्रकाशित: Mar 05, 2021| 02:05 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।