काठमाडौं – बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन्।
नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो।
बोर्डका अध्यक्ष डा. धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥र्याउने आशा व्यक्त गरेका छन्।
लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागिपर्ने बताए।
उनले बेलायतमा रहेको नेपाली दूतावास र लण्डनबाट नेपालमा भ्रमण गर्ने÷गराउने अन्य सङ्घसंस्थासँग समन्वयसमेत गर्ने बताए।
लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुन्। रासस