आइतबार, चैत १, २०८२

‘गोलको यतिसाह्रो खडेरी कहिल्यै परेको थिएन’

पछिल्लो सिजनमा ३४ बुन्डेसलिगा खेलबाट २८ गोल गरेका वेर्नरले यो सिजनमा सबैखाले ३५ खेलमा बल्लबल्ल १० गोल पुर्‍याए।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं – गत समरमा ठूलो आशाका साथ जर्मनीबाट इंग्लिस प्रिमियर लिग खेल्न लन्डन (क्लब चेल्सी) पुगेका स्ट्राइकर टिमो वेर्नरले आशातित प्रदर्शन गर्न सकिरहेका छैनन्।

National life

तत्कालीन प्रशिक्षक प्रांक लाम्पार्डले उनीसँगै केइ हभाट्र्जलाई अनुबन्ध गर्दा चेल्सीलाई प्रिमियर लिग र च्याम्पियन्स लिग दाबेदारका रूपमा हेरिएको थियो।

तर, समय त्यस्तो रहेन। ट्रान्सफर विन्डोमा २०० मिलियन यूरो खर्च गरेको चेल्सी लिगमा उकालो जानुपर्ने अवस्थामा ओरालो पो लाग्न थाल्यो।

नयाँ खेलाडीसँगको सेट मिल्न सकेन। त्यसैकारण हुन सक्छ पछिल्लो सिजनमा ३४ बुन्डेसलिगा खेलबाट २८ गोल गरेका वेर्नरले यो सिजनमा सबैखाले ३५ खेलमा बल्लबल्ल १० गोल पुर्‍याए।

Laxmi sunrise bank
kumari

त्यसमाथि प्रिमियर लिगमा त जम्मा पाँच गोल मात्र।

यसकारण उनले भनेका छन्– मैले चेल्सीलाई धेरैथोक दिन बाँकी छ। उनले यस्तो गोल खडेरी त जीवनमा कहिल्यै महसुस गरेकै थिइनँ। 

त्यसैले चेल्सीका समर्थकलाई आफ्नो क्लबले वेर्नर अनुबन्धनको ५३ मिलियन पाउन्ड व्यर्थमा फालेजस्तै लाग्छ।

किनभने उनले नोभेम्बरदेखि फेब्रुअरीसम्मका १४ खेल त विना गोल कटाए। स्ट्राइकरलाई लामै खडेरी लाग्यो।

‘म आफैंप्रति दबाबपूर्ण थिए किनकि मैले टिमलाई सहयोग गर्नुपर्ने थियो,’ जर्मन स्ट्राइकरले भने, ‘म स्कोर गर्न चाहन्थेँ। म स्ट्राइकर भएकाले यो मेरो स्वभाविक प्रक्रिया पनि हो।’

वेर्नर जसले हिजो राति लिभरपुलसँग एनफिल्ड मैदानमा खेले। यो खेलसम्म आइपुग्दा उनले डेब्यू सिजनमा धेरै कुरा सिकेको बताएका छन्। 

यसकारण उनी आउँदो सिजनमा गोलका हिसाबले क्लबमा ठूलो योगदान दिन चाहन्छन्।

‘म कहिल्यै पनि करिअरको यस्तो अवस्थामा थिइनँ,’ गोल खडेरीबारे गरिएको प्रश्नमा उनले थपे, ‘हामी जहिल्यै पनि खराब अवस्थाबाट पाठ सिक्छौं। आज मैले आफैंलाई विश्वास गर्न सिकेको छु। मैदानमा गोल र फाइट गर्ने मात्र नसोचेर सबैथोक समर्पण गर्न सिकेको छु।’

साथै उनले यो सिजन सकिने अवस्थामा पुगिसकेकाले सुखद अन्त्य गर्ने इच्छा रहेको पनि बताएका छन्।

चेल्सीका लेजेन्ड डिडर ड्रोग्बाले पनि स्टाम्फर्ड ब्रिजको पहिलो सिजनमा १० गोलमै चित्त बुझाएका थिए। पछि उनले क्लबलाई प्रिमियर लिग जिताए।

ड्रोग्बाले सुरुआतमा चित्तबुझ्दो प्रदर्शन नगरे पनि पछि चेल्सीका लागि स्विटेबल बने। अहिले चेल्सीका समर्थक पनि वेर्नरबाट त्यस्तै अपेक्षा गरिरहेका छन्।

‘धेरै राम्रो स्ट्राइकरहरूले पनि प्रिमियर लिगमा सेटल हुनका लागि एक सिजन लिएका छन्,’ वेर्नर भन्छन्, ‘सायद मेरो पनि त्यस्तै हुने हो कि !’

उनको विचारमा उनको लय अहिले उकालो लाग्दै गरेको छ। ‘सायद मेरो यो वर्ष नै गोल गर्नका लागि थिएन। तर, सिजनको अन्त्यमा त्यो नहुन पनि सक्छ,’ उनले भने।

उनले अहिले धेरै कुरा सिक्ने क्रममा प्रिमियर लिगका सबै क्लबसँग कसरी फेस गर्ने उनीहरूको प्रदर्शन कस्तो छ भन्ने पनि सिकिसकेका छन्।

त्यसमाथि वेर्नर आफ्नै देशको प्रशिक्षक थोमस टुचेल पाएर पनि मख्ख छन्। उनको रणनीतिमा आफूले खुलेर खेल्न सक्नेमा पनि विश्वस्त छन्।

‘म थोमससँग सजिलै बोल्छु,’ लाम्पार्डपछि प्रशिक्षक बनेका टुचेलबारे उनले भने, ‘जब उनी मैदानमा मलाई कराउँछन् म झिँजो मान्दिनँ। मलाई त्यसरी नै चिच्याउने प्रशिक्षक मनपर्छ। यसले मेरो ऊर्जा बढाउँछ।’
 

प्रकाशित: Mar 05, 2021| 01:06 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।