बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ।

दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको बताइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

उनका अनुसार मृतक गाेविन्द सि‌‌ह हुन्। मृतककाे शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

लागू औषध र नक्कली नोटको अवैध कारोबार गर्ने भारतीय गिरोहबारे सूचना पाएर प्रहरी जाँदा आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा एक जना तस्करको ज्यान गएको एसपी चतुर्वेदीले जानकारी दिए।

मृत्यु हुने भारतीय नागरिक भएको अनुमान छ । घटना आज साँझ साढे ६ बजेतिर भएको हो। प्रहरीतर्फ भने कुनै क्षति भएको छैन। 
 

प्रकाशित: Mar 04, 2021| 15:00 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।