शनिबार, असार २७, २०८३

रुपन्देहीमा १६ अर्बको लागतमा ‘स्पोर्ट्स पार्क’ बन्ने 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतर्राष्ट्रियस्तरको ‘स्पोर्ट्स पार्क’ बन्ने भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतर्राष्ट्रियस्तरको ‘स्पोर्ट्स पार्क’ बन्ने भएको छ।

तिलोत्तमा नगरपालिका–६ मा ६० हजार दर्शक क्षमताको स्पोर्ट्स पार्क बन्ने भएको हो। खेलकुदलाई पर्यटनसँग जोड्न यो पार्कले योगदान गर्ने अपेक्षा लिइएको छ। 

तिलोत्तमा नगरपालिका–६ को तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्क निर्माण सम्पन्न गर्न १६ अर्ब रुपैयाँ लाग्ने छ।

स्पोर्ट्स पार्कको गुरुयोजना  बिहीबार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा सार्वजनिक गरिएको छ। कुल ६५ बिगा क्षेत्रफलमा निर्माण हुने पार्कमा आधुनिक र प्रविधियुक्त कबर्डहल र स्टेडिएम  निर्माण गरिने छ।

पार्कमा साफमा खेलिने कुल २८ प्रकारका खेलमध्ये गल्फ र बोटिङबाहेक २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने जनाइएको छ।

राति र दिउँसो जुनसुकै समयमा पनि खेल्न मिल्ने गरी निर्माण हुन थालेको स्पोर्ट्स पार्कमा फुटबल, क्रिकेट, व्याटमिन्टन लगायतका खेल खेल्न सकिने छ। स्पोर्ट्स पार्कको गुरुयोजना क्राउन डिजाइन एण्ड रिचर्स सेन्टर ललितपुरले तयार गरेको ईन्जिनियर सुनिल लम्सालले बताए। 

१० हजार सवारी साधन पार्किङ गर्न मिल्नेगरी गुरु योजना बनाइएको तिलोत्तमा स्पोर्ट्स पार्क निर्माण समितिका अध्यक्ष दीपक पाठकले बताए। १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी गुरुयोजना तयार गरिएको छ।

प्रकाशित: Mar 04, 2021| 14:32 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।