बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

मन्त्रिपरिषद् बैठक : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

विप्लव समूहसँग वार्ता भएर तीन बुँदे सहमति भएसँगै सरकारले यसअघि सशस्त्र समूहका रुपमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

यस्तै बैठकले सरकार र विप्लव समूहको वार्ता टोलीले गरेको तीनबुँदे सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

सरकार र उक्त समूहबीच भएको सहमतिको घोषणा भोलि (शुक्रबार) काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी गरिँदैछ।

घोषणा सभालाई प्रधानमन्त्री केपी शर्मा ओली तथा विप्लवले सम्बोधन गर्ने भएका छन्।

प्रकाशित: Mar 04, 2021| 14:03 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।