बुधबार, भदौ १७, २०८३

कांग्रेस पदाधिकारी बैठक सरकार गठनबारे अनिर्णित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक नयाँ सरकार गठनबारे कुनै निर्णय नगरी टुंगिएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक नयाँ सरकार गठनबारे कुनै निर्णय नगरी टुंगिएको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा बनाउन सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए। 

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना गरिसकेपछि आइतबार सुरु हुन लागेको संसद अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको तर निर्णयमा नपुगिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘पार्टीले अहिले संयमतापूर्ण ढंगले एकीकृत रुपमा संविधान, लोकतन्त्र र जनताको दूरगामी भविस्य हेरेर निर्णय लिने निष्कर्ष निकालेको छ। बृहत्तर रुपमा संविधान, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता शर्माले भने।

प्रकाशित: Mar 04, 2021| 13:47 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।