बुधबार, भदौ १७, २०८३

ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारको राहत 

ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामाग्री उपलब्ध गराएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

विराटनगर– ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामाग्री उपलब्ध गराएको छ।

मुख्यमन्त्री शेरधन राईले बिहीबार घटनास्थल पुगेर राहत सामाग्री वितरण गर्नुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरे। 

आगलागीपीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए। भाडामा बस्दै आएका परिवारलाईप्रति परिवार ३० हजार नगद उपलब्ध गराउने उनले बताए। 

आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिए। 

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २५० किलो दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेसलगायतका सामाग्री मुख्यमन्त्री राईले हस्तान्तरण गरे।

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ। 

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रतापप्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका थिए। 

मंगलबार बिहान दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए। 

प्रकाशित: Mar 04, 2021| 13:39 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।