बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला शुक्रबार बुटवलमा हुने भएको छ।
फागुन २१ र २२ गते हुने भेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ। भेलाको राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष गोपाल पौडेलले बताए।
चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी भेलाले रणनीतिक योजना बनाउने पौडेलले बताए।
वि.सं. २०७२ मा स्थापना भएको संस्थाको नेपालको ४५ वटै जिल्लामा शाखा छ। देशभरबाट २५० जना कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।