शनिबार, असार २७, २०८३

सोम लामा खुला स्नुकर प्रतियोगिताको फाइनलमा

लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७–१ ले पराजित गरे।

‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८–७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनल यात्रा पक्का गरेका हुन्।

बाँकी फ्रेम सोमले १०८–३२, ७१–२२, ५४–४९, ७९–५३, ६५–४१, ८९–२० र १२१–० ले आफ्नो पक्षमा पारे।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल शनिबार हुने छ।

फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ विरुद्ध खेल्ने छन्।

बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७–६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।

प्रकाशित: Mar 04, 2021| 13:10 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।