शनिबार, असार २७, २०८३

भगवतीको जित, बराबरीमा रोकिए आरसीटी र श्रीकुमारी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ३–२ गोलको जित निकालेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ३–२ गोलको जित निकालेको छ।

सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भगवतीको जितका लागि मोहन गुरुङ र नवराज गुरुङले गोल गरे।

खेलको ११ औं मिनेटमै झम्सिखेलका सुनिल शाहीले आफ्नै पोस्टमा गोल गरेपछि अग्रता बनाएको भगवती ३२ औं मिनेटमा बराबरीको सामना गर्यो। पहिलो हाफमा झम्सिखेलका लागि मदन स्याङतानले गोल फर्काए।

यससँगै पहिलो हाफमा खेल १–१ गोलको बराबरी भएको थियो। दोस्रो हाफमा झम्सिखेलले एक गोल थप्यो भने भगवतीले दुई गोल थप्यो। खेलको ५६ औं मिनेटमा भगवतीका नवराजले गोल गरे भने ६८ औं मिनेटमा झम्सिखेलका अनिश चौधरीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

तर खेलको ८२ औं मिनेटमा मोहनले गोल गर्दै भगवतीलाई जित दिलाए। यो जितसँगै भगवती क्लबले ९ खेलबाट ९ अंक जोडेको छ। यता ६ अंक जोडेको झम्सिखेल ११ औं स्थानमा छ।

त्यस्तै दोस्रो खेलमा रानीपोखरी कर्नर टिम(आरसीटी) र श्रीकुमारी क्लब १–१ गोलको बराबरीमा रोकिएका छन्।

खेलको तेस्रो मिनेटमै आरसीटीका अजित गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर उनको अग्रता लामो समय टिकेन खेलको २१ औं मिनेटमा श्रीकुमारीका युवराज राईले गोल गर्दै खेललाई बराबरी बनाए।

यो बरारबीसँगै श्रीकुमारीले ८ अंक बनाएको छ भने आरसीटीको १३ अंक छ।

प्रकाशित: Mar 04, 2021| 13:02 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।