काठमाडौं- प्रहरीले २२ तोला सुनका अवैध सिक्रिसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा २२ तोला सुनका अवैध सिक्रि बरामद गरिएको हो।
नागढुंगामा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक ३१ वर्षीय तपास ससमालको साथमा रहेको झोला जाँच गर्ने क्रममा २४ थान सिक्रि बरामद भएको हो।
बिल भरपाई केही नभएको अवस्थामा सिक्रि फेला परेपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति र बरामद भएका सुनका गहनासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।