धनगढी- कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण रानाको हत्या गरेको आरोप लागेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई आज (बिहीबार) पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।
सोही ठाउँकी ती महिलाको बयानमा रानाले आफूलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन्।
साथै प्रहरीले हत्यापछि फरार रहेका दुवै युवकको खोजी भइरहेको बताएको छ।
फागुन १५ गते निर्माणाधीन गेटा मेडिकल कलेजनजिकै धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शिवचरण रानाको शव फेला परेको थियो।