बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार गिराउन अप्राकृतिक गठबन्धन भइरहेको छ : महासचिव पौडेल 

सरकार गिराउन अप्राकृतिक गठबन्धन भइरहेको छ : महासचिव पौडेल 

अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले मध्यरातमा अँध्यारो कोठामा तानाबाना बुन्ने काम भएको बताएका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

बुटवल– अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले मध्यरातमा अँध्यारो कोठामा तानाबाना बुन्ने काम भएको बताएका छन्। उनले सरकार गिराउन अप्राकृतिक गठनबन्धन भइरहेको आरोप पनि लगाए।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासकीय भवन बिहीबार उद्घाटन गर्दै पौडेलले यस्तो कुरा बताएका हुन्।  नयाँ नक्सा प्रकाशन गरेपछि केपी ओली सरकारविरुद्ध प्रहार सुरु भएको उनले बताए। 

विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुँदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले सहमति गरेको जानकारी दिए। विखण्डनको पक्षमा नारा लगाउने डा. सिके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको उनले बताए। 

अर्थमन्त्री पौडेलले तिलोत्तमालाई महानगर बनाएर छाड्ने दाबी गरे। बुटवल र भैरहवाको मध्यभागमा अवस्थित तिलोत्तमालाई केन्द्र बनाएर महानगर बनाउने पौडेलले सुनाए।

‘सैनामैना, देवदह र सिद्धार्थनगरलाई जोडेर महानगर बन्छ। रुपन्देही विकास निर्माणका दृष्टिले नेपालमै रोल मोडल बनेको छ। विकास सिक्न रुपन्देही आउनुपर्छ,’ उनले भने।
 

प्रकाशित: Mar 04, 2021| 12:15 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।