काठमाडौं– पश्चिमी वायुको प्रभावले बिहीबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।
पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताइन्। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ।
हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ।
दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.० डिग्री र अधिकतम तापक्रम २४. ९ डिग्री सेल्सियस छ। त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.१ डिग्री सेल्सियस छ। रासस