बुधबार, भदौ १७, २०८३

‘बागमतीमा पानीको सतह बढ्न सक्छ, सजग बनौं’

पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– सुरुङ परीक्षणका क्रममा एक दुई दिनमै मेलम्चीको पानी काठमाडौं ल्याइने भएको छ।

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा बागमती नदीमा पानीको सतह घटबढ हुन सक्ने भएकाले तटवर्ती क्षेत्रका बासिन्दालाई सजग रहन अपिल गरेको छ। 

फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएको छ। त्यो पनी छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सीधै बागमती जाने समितिले जनाएको छ। 

पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। 

उनले भने, ‘एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ।’ 

झन्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो। निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो। 

परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो। मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो।

परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ। 

राष्ट्रिय गौरबको सो आयोजना लामो प्रतिक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ। पानी नियमित वितरण सुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ। 

सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो। पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ। रासस
 

प्रकाशित: Mar 04, 2021| 10:47 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।