मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने 

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने 

बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।

सगरमाथा आरोहणका लागि उक्त टोली आगामी चैत २ (१५ मार्च) मा नेपाल आउन लागेको नेपाली राजदूतावास बहराइनले जनाएको छ।

मनामास्थित दूतावासमा आज (बिहीबार) राजदूत पदम सुन्दाससँग आरोहण दलका केही सदस्यले छलफल गरेर यसबारे जानकारी गराएका हुन्।

बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको भ्रमण दल नेपालमा ७९ दिन बस्ने कार्यतालिका तय भएको छ।

टोली विशेष विमानमार्फत् नेपाल आउने दूतावासले जनाएको छ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेक प्रालिमार्फत् भइरहेको जनाइएको छ।

यो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

May be an image of text

प्रकाशित: Mar 04, 2021| 11:50 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।