बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दलको नेता हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद सचिवालयलाई जानकारी

दलको नेता हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद सचिवालयलाई जानकारी

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको छ।

बिहीबार दाहाल–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङ, नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र सांसद जीवनराम श्रेष्ठले सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर ओलीलाई संसदीय दलको नेताबाट हटाइएको बारे जानकारी गराएका हुन्।

‘संसदीय दलको नेतालाई कारबाही गरिएको र पार्टीको साधारण सदस्यबाटसमेत निस्काशन गरिएकोबारे हामीले संसद सचिवालयलाई जानकारी गराएका छौँ’, गुरुङले भने।

गुरुङले संघीय संसदका महासचिव भरतराज गौतमलाई भेटेर यसबारे जानकारी गराइएको बताए। फागुन २३ गते संसद बैठक आह्वान भएकाले यसअघि सचिवालयलाई जानकारी दिनुपर्ने ठानेर जानकारी गराइएको उनले बताए।

दाहाल–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको छ भने उपनेता सुबास नेम्वाङ, सचेतक शान्ता चौधरी, ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद महेश बस्नेतलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

उपनेता सुबास नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ।

दाहाल नेपाल समूहले आफ्नोतर्फबाट पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

प्रकाशित: Mar 04, 2021| 11:33 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।