शनिबार, असार २७, २०८३

एनभीए भलिबल प्रतियोगिता चैत १९ बाट, विजेताको पुरस्कार बढ्यो

नेपाल भलिबल संघ (एनभीए)ले गर्ने पाँचाैं एनभीए महिला पुरुष भलिबल लिग आगामी चैत १९ गतेबाट चैत २६ सञ्चालन हुने भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)ले गर्ने पाँचाैं एनभीए महिला पुरुष भलिबल लिग आगामी चैत १९ गतेबाट चैत २६ सञ्चालन हुने भएको छ।

एनभीएले आज काठमाडौंमा एक कार्यक्रमबीच प्रतियोगिताबारे जानकारी दिएको हो। यो सिजनको विजेताले तीन लाख, उपविजेताले डेढ लाख र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगितामा चौथो हुने टिमले ३७ हजार पाँच सय पुरस्कार पाउने आयोजकले बताएको छ।

यसअघि विजेताको पुरस्कार रकम दुई लाख ५० हजार रुपैयाँ थियो। १२ लाख प्रदान गरेको राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कुुल ४३ खेल हुँदा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा हुनेछ। शीर्षस्थानका दुई टिमले फाइनल खेल्ने आयोजकले बताएको छ।

यसअघि गत वैशाखको २५ गतेबाट आयोजना गरिएको लिग कोरोनाको महामारीका कारण स्थगित गरिएको थियो। प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले २५–२५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ।
 

प्रकाशित: Mar 04, 2021| 10:18 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।