काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०७ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ७८ जना कोरोनामुक्त भएका छन्।
अहिलेसम्म ७९५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपालमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ भने निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ रहेको छ।
यस्तै कोरोना संक्रमणबाट तीन हजार १० जनाको निधन भएको मन्त्रालयको विवरणमा उल्लेख छ।