सोमबार, चैत २, २०८२

भारतमा आँधीबाट १४३ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
आग्रा । उत्तरी भारतीय राज्यमा बिहीबार राति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ । बुधबार रातिदेखि आएको आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । भीषण रुपमा आएको हावाहुरीको कारण ढलेको रुख र पर्खालको कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो । 

उत्तर प्रदेश, राजस्थान र पञ्जवा राज्यमा भीषण आँधी आएको हो । यो आँधी २५ वर्षयताको सबैभन्दा भीषण रुपमा रहेको अधिकारीहरुको भनाई छ । यस आँधीबाट उत्तर प्रदेशमा एक सय २१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको छ । 

त्यसमा परी अरु सयौँ व्यक्ति घाइते भएका छन् । घाइते तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन । 

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् । 

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुर्‍याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । आँधीको प्रकोप शुक्रबार पनि देखिएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार पनि हावाहुरीको आउने सम्भावना रहेको जनाएका छन् । 

मानिसहरुलाई घरबाट बाहिर ननिस्कन, सुरक्षितस्थलमा बस्न तथा सतर्कता अपनाउन ती राज्यका नागरिकमा सरकारले सूचना जारी गरेको समाचारमा जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।