बुधबार, भदौ १७, २०८३

शंकर पोखरेल र घनश्याम भुसालबीच छलफल 

विभाजनको संघारमा रहेको नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरुले छलफल सुरु गरेका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- विभाजनको संघारमा रहेको नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरुले छलफल सुरु गरेका छन्।

आज ओली पक्षीय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल नेपाल पक्षीय स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच छलफल भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई जनाबीच करिब एक घन्टा लामाे छलफल भएको हो।

पार्टी एकताको विषयमा नेताहरुले छलफल गरेको सहभागी एक नेताले जानकारी दिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई कित्तामा बाँडिएको छ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला अघिसम्म नेकपामा दुबै समूहले देशभर विभिन्न जनसभाहरु आयोजना गरी एकअर्काप्रति हिलो छ्यापछ्याप गरेका थिए।

तर पछिल्लो समय दुबै पक्षले एकअर्को पक्षका नेतालाई ‘आत्मालोचना गरेर आए’ मिल्न सकिने भन्ने अभिव्यक्ति दिँदै आएका छन्।

तर दाहाल–नेपाल समूहले बुधबार मात्रै ओली पक्षमा रहेका विभिन्न ७ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

अहिले यी दुई पक्षबीच पार्टी आधिकारिकताको विवाद छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक फागुन २३ गतेका लागि आह्वान गरिसकेकाले नेकपाका दुबै समूह सत्तापक्षकै कुर्सीमा बस्ने देखिएको छ।

प्रकाशित: Mar 04, 2021| 10:09 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।