बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘रेलको बाटो’ को छायांकन गर्न शे फोक्सुण्डो पुगेका कलाकारलाई हाई अल्टिच्युड समस्या

‘रेलको बाटो’ को छायांकन गर्न शे फोक्सुण्डो पुगेका कलाकारलाई हाई अल्टिच्युड समस्या

गीतको छायांकनका लागि डोल्पाको शे फोक्सुण्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युडको सिकार भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- गीतको छायांकनका लागि डोल्पाको शे फोक्सुण्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युडको सिकार भएको छ।

National life

‘रेलको बाटो’ गीतको छायांकन गर्न काठमाडौंबाट नेपालगंज हुँदै गत हप्ता डोल्पा पुगेको टोली हाई अल्टिच्युडको समस्यामा परेको हो।

काठमाडौंबाट गएको ७ जनामध्ये अधिकांशमा समस्या देखिएको र २ जनाको अवस्था गम्भीर रहेको गीतका मुख्य कलाकार जिबी चिरन (चिरञ्जीबी सापकोटा)ले जानकारी दिए।

उनका अनुसार स्थानीय कलाकारहरुको अवस्था सामान्य भए पनि काठमाडौंबाट गएका अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ।

यो समस्यापछि नेपाली सेनालाई खबर गरेर उद्धारका लागि हेलिकोप्टर मगाइएको छ। कर्णालीको परिवेशमा आधारित ‘रेलको बाटो’ गीतको अडियो केही दिनअघि युट्युबमार्फत् सार्वजनिक भएको थियो। 

लेखराज गिरीको शब्दमा रहेको गीतमा सुरज पण्डितको स्वर र संगीत छ। गीतको अफिसियल म्युजिक भिडियो छायांकनका लागि टोली डोल्पा पुगेको र त्यहाँको दुर्गम परिवेशलाई भिडियोमा देखाउने उद्देश्यका साथ पुगेको टोली हाई अल्टिच्युडको सिकार भएको कलाकार जिबी चिरनले बताए।

प्रकाशित: Mar 04, 2021| 10:00 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्