शनिबार, असार २७, २०८३

बेल यहाँ खुसी छन् तर भविष्य रियलको हातमा छ : माहोरिन्हो

टोटेनहम हट्सपरका प्रशिक्षक जोसे माहोरिन्होले वेल्सम्यान ग्यारेथ बेलको भविष्य रियल मड्रिडको हातमा रहेको बताएका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– टोटेनहम हट्सपरका प्रशिक्षक जोसे माहोरिन्होले वेल्सम्यान ग्यारेथ बेलको भविष्य रियल मड्रिडको हातमा रहेको बताएका छन्। उनले आउँदो सिजनमा वेल्स फरवार्ड प्रिमियर क्लबमा बस्ने वा नबस्नेबारे पनि रियलले नै निर्णय गर्ने बताएका हुन्।

अहिले ३१ वर्षे बेल एक सिजन लामो लोन ट्रान्सफरबाट टोटेनहममा खेलिरहेका छन्। त्यसपछि पनि स्पेनिस क्लबसँग उनको सम्झौता अझै एक सिजन बाँकी नै रहन्छ।

‘उनी टोटेनहमका खेलाडी होइनन्। त्यसैले उनको सर्वाधिकार रियल मड्रिडसँग नै छ,’ माहोरिन्होले भने, ‘मसँग त लोनमा आएको एउटा खेलाडी मात्र छ। र, म उबाट टोटेनहमका लागि उत्कृष्ट प्रदर्शन लिन चाहन्छु। म खेलाडीको केयर गर्न चाहन्छु। उनी लोनमा छन् तर लोनमा पठाउने क्लबप्रति पनि हाम्रो सम्मान छ।’

माहोरिन्होले बेलबारे कही प्रश्न भए रियलका प्रशिक्षक जिनेदिन जिदानलाई सोध्न अनुरोध गरेका छन्। बेल स्पेनको मड्रिडबाट टोटेनहममा पुग्दा सुरुमा उनी घुँडाको चोटले सताइएका थिए। चोटमुक्त भएपछि उनले टोटेनहमबाट पछिल्ला दुई खेलमा तीन गोल गरिसकेका छन्।

म्याच फिट नभएका कारण लामो समय बेञ्मै बस्न बाध्य उनी अहिलेसम्म १२ खेलमा मात्र सुरुआती रोजाइमा परेका छन्। र, २० खेलमा सहभागिता जनाएका छन्।

यसै दौरान उनले आठ गोल र तीन एसिस्ट पनि गरेका छन्। यो तथ्यांकबाट उनले खेलमा पुनरागमन गर्ने संकेत देखाइसकेका छन्। ‘जब खेलाडी चोटग्रस्त हुन्छ। त्यो निकै व्यक्तिगत कुरा हुन्छ। मलाई लाग्छ खेलाडीलाई सधै त्यसको डर हुने गर्छ,’ माहोरिन्होले भने।

‘उनी निकै खुसी छन्। उनी पहिलेको उत्कृष्ट प्रदर्शन सम्झिरहेका छन्,’ माहोरिन्होले भने, ‘आशा छ हामी उनको भावना, खेलमा सहभागी बन्ने समय र उनको खेल व्यवस्थापन गर्न सक्षम छौं।’

प्रकाशित: Mar 04, 2021| 09:01 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।