काठमाडौं– नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।
उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी आफूहरू पार्टी एकता पक्षमा रहेको दाबी गरेका हुन्।
बस्नेतले दाहाल–नेपाल समूहका बहुमत सदस्य पार्टी विभाजनका पक्षमा आयोगमा जाने थाहा पाएपछि आफू एकताका पक्षमा रहेको सूचना दिन आयोगमा पुगेको बताए।
उनले भने, ‘हामी पूर्वमाओवादी, पूर्वएमाले निकटसँग रहेका साथीहरुसँग मिलेर एकता कायम गर्न सक्रिय छौं। सोही विषयमा जानकारी दिन आयोगमा गएको हुँ।’
बस्नेतले ओली नेतृत्वको नेकपा आधिकारिक हो वा होइन भन्ने विषयमा पनि आफूले आयोगसँग जानकारी लिएको बताए। बस्नेत प्रधानमन्त्री ओलीका अत्यन्त निटक मानिन्छन्।
दाहाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचनमा आयोगमा जाने तयारीमा छ।