शनिबार, असार २७, २०८३

जारी पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

गत फेब्रुअरी २० बाट सुरु भएर १४ खेल सम्पन्न भइसकेको पाकिस्तान सुपर लिग अनिश्चतकालका लागि स्थगित भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– गत फेब्रुअरी २० बाट सुरु भएर १४ खेल सम्पन्न भइसकेको पाकिस्तान सुपर लिग अनिश्चतकालका लागि स्थगित भएको छ।

फ्रेन्चाइज लिग आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बिहीबार आपतकालिन बैठक गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

प्रतियोगितामा सहभागी तीनभन्दा धेरै खेलाडी कोरोना संक्रमित थपिएपछि प्रतियोगिता अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो।

बिहीबार तीन खेलाडी थपिएसँगै पीएसएल खेल्ने ६ खेलाडीसहित बायोसेक्योर बबलमा रहेका सात जनालाई कोरोनाको संक्रमण देखिएको छ।

संक्रमण देखिएपछि पीसीबीले फ्रेन्चाइज क्लबसँगको सहमतिमा प्रतियोगिता स्थगित गरेको बताएको हो। बोर्डले आफ्नो अहिलेको एक्सन सबै खेलाडीको स्वास्थ्यको ग्यारेन्टीका लागि भएको बताएको छ।

३४ खेलको प्रतियोगितामा अझै २० खेल बाँकी छन्। अहिले देखिएका तीन केस दुई फरक टिमका हुन्। सामान्य लक्षण देखिएपछि उनीहरुको बुधबार बेलुका परीक्षण गरिएको थियो।

नेपालका सन्दीप लामिछाने पनि लाहोर कलन्दर्सबाट पीएसएलमा सहभागी बनेका छन्। दुई खेलपछि पाकिस्तान पुगेका उनले खेलमा सहभागिता जनाउन पाएका छैनन्।
 

प्रकाशित: Mar 04, 2021| 08:22 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।