सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिका पुगे

उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिका पुगे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेका छन् । 

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

तर सो भ्रमणका बारेमा सार्वजनिक भने गरिएको छैन । यस भ्रमणका क्रममा उहाँले हालैमात्र भएको उत्तर कोरियाली नेता किम जोङ उनको दक्षिण कोरिया भ्रमणका समयमा भएका सहमति र सम्झौताको बारेमा कुराकानी नगर्ने उल्लेख छ । 

गत शुक्रबार अर्थात अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने सहमति जनाएका छन् । 

अमेरिका र उत्तर कोरियाबीच पनि आगामी केही हप्तामा वार्ता हुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी केही हप्ताभित्र वार्ता गर्ने बताए । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि हालै एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्ने र वार्ताको मिति चाँडै तय गरिने उल्लेख गरिएको छ । 

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समाचार यसअघि नै आएको छ । 

यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने वार्ता महत्वपूर्ण रहेको उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।