काठमाडौं– पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग जान लागेको छ।
हिजो बुधबार बसेको केन्द्रीय कमिटी बैठकका निर्णय र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको नागरिकताको प्रतिलिपि लिएर आयोग जान लागिएको पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपामा पार्टीको नाम र चुनाव चिह्न (सूर्य) कसले पाउने भन्ने विवाद छ। दाहाल–नेपाल र केपी ओली दुवै समूहले आफ्नो आधिकारिकता दाबी गरिरहेका छन्।
यसअघि पनि दुवै समूहले आयोगमा गएर आफ्नो आधिकारिकता दाबी गरेका थिए।