बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल काउन्सिलले स्नातकोत्तर तहका परीक्षाको अंकभार थप्यो 

मेडिकल काउन्सिलले स्नातकोत्तर तहका परीक्षाको अंकभार थप्यो 

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ (स्नातकोत्तर) तहको चिकित्सक नाम दर्ताका लागि लिइने परीक्षाको अंकभार थप गरेको छ। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ (स्नातकोत्तर) तहको चिकित्सक नाम दर्ताका लागि लिइने परीक्षाको अंकभार थप गरेको छ। 

यसअघि १०० पूर्णाङ्कको परीक्षा हुने गरेकोमा २० अंक थप गरी १२० हुने काउन्सिलले जनाएको छ। काउन्सिलले सूचना जारी गर्दै २० वटा प्रश्नहरु थप गरिएको जनाएको हो ।

परीक्षाको समय भने दुई घण्टा नै कायम गरिएको छ। काउन्सिलको ०७७ फागुन १२ गतेको पूर्ण बैठकको निर्णयअनुसार थपिएको परीक्षा अंकभार आगामी परीक्षाबाट लागू हुनेछ । थप गरिएका २० वटा प्रश्न वस्तुगत हुने काउन्सिलले जनाएको छ। 

प्रकाशित: Mar 04, 2021| 07:30 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।