मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा मारिएकी अञ्जुलाई न्याय दिलाउन कोटेश्वरमा विद्यार्थीको प्रदर्शन

दुर्घटनामा मारिएकी अञ्जुलाई न्याय दिलाउन कोटेश्वरमा विद्यार्थीको प्रदर्शन

सडक दुर्घटनामा मारिएकी छात्रा अञ्जु दाहालले न्याय नपाएको विरोधमा विद्यार्थीले बिहीबार कोटेश्वरमा प्रदर्शन गरेका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– सडक दुर्घटनामा मारिएकी छात्रा अञ्जु दाहालले न्याय नपाएको विरोधमा विद्यार्थीले बिहीबार कोटेश्वरमा प्रदर्शन गरेका छन्।

कोटेश्वर बहुमुखी क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत अञ्जु दाहालको बुधबार बिहान बागडोलका गाडीको ठक्करबाट मृत्यु भएको थियो। 

विद्यार्थी संगठनहरुले घटनाको छानबिन गरी सवारी चालकमाथि कानुनी कारबाही गर्न, पीडित परिवारजनमा उचित राहत र क्षतिपूर्ति दिलाउन माग गरेका हुन्।

कोटेश्वर चोकबाट सुरु भएको र्‍याली बालकुमारीमा पुगेर सभापछि समापन भएको थियो।

मृतक दाहाल सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका–२ की हुन्। नख्खुस्थित डेराबाट कलेज जान निस्किएकी दाहाललाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते दाहालको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। 

विरोध सभामा सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थी दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताए।

उनले चालक र सवारीधनीमाथि कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको आरोप लगाए। उनले अञ्जु दाहालको परिवारले न्याय नपाए कडा आन्दोलनमा उत्रने चेतावनी दिए।

सभामा कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख गोविन्द कार्की, अखिल केन्द्रीय सदस्य रबिन बस्नेत, क्याम्पसका स्ववियु सभापति माधव अधिकारी, नेविसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगायतले सम्बोधन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। 

प्रदर्शनकै क्रममा प्रहरीले कोटेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष दिनेश कार्की, उपाध्यक्ष सञ्जय बुढाथोकी, विद्यार्थी नेता टेकबहादुर शाहीलाई नियन्त्रणमा लिएको थियो। विद्यार्थीको दबाबपछि उनीहरु मुक्त भएका थिए। 

प्रकाशित: Mar 04, 2021| 06:40 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।