मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीएन्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको निर्देशनप्रति पूर्वउपकुलपतिहरूको आपत्ति 

बीएन्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको निर्देशनप्रति पूर्वउपकुलपतिहरूको आपत्ति 

झापाको बीएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– झापाको बीएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्। 

प्रधानमन्त्री ओलीले मंगलबार सोही मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गर्दै काठमाडौं विश्वविद्याललाई सम्बन्धन दिन निर्देशन दिएका थिए। 

बीएन्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीले कानुनविपरीत सम्बन्धन दिन निर्देशन दिएको भन्दै विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका हुन्। 

आपत्ति जनाउने पूर्वउपकुलपतिहरूमा महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनजंग शाह, तोरणबहादुर कार्की, कैलाशकुमार प्याकुरेल, खगेन्द्र भट्टराई, हीराबहादुर महर्जन र नरेशमान बज्राचार्य छन्। 

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा ऐनविपरीत प्रधानमन्त्री ओलीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको आरोप पूर्वउपकुलपतिहरुको छ। 

उनीहरूले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई एमबीबीएस अध्ययन गराउन नपाउने व्यवस्था छ। उक्त ऐनको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरू थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी, एवं गैरजिम्मेवार कार्य गरेको छ।’

वर्तमान ऐन र कानुनको मर्यादामा रही, त्यसमा आवश्यक सुधार गरी चिकित्सा शिक्षाको सुधार गर्नुको सट्टा राज्यद्वारा नै अराजक व्यवहार गर्नु विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: Mar 04, 2021| 06:23 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।