मंगलबार, भदौ १६, २०८३

अब मल अभावमा किसान मर्कामा पर्ने छैनन् : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था अन्त्य भएको दाबी गरेकी छन्। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था अन्त्य भएको दाबी गरेकी छन्। 

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्यालले भनिन्, ‘मल अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं।’ 

तत्कालीन समाधानका रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानका रूपमा मासिक कार्यतालिकाका आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडि बढेको उनको भनाइ छ। 

मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने पनि उनले बताइन्। 

उनले भनिन्, ‘मलको आपूर्ति अनुमानका आधारमा होइन तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ। त्यसको आधारमा प्रबन्ध गरिनेछ।’

चालू आवमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताइन्। 

चालू आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा छ। 
गत वर्ष ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्री भएको थियो। 
 

प्रकाशित: Mar 04, 2021| 05:46 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।