मंगलबार, भदौ १६, २०८३

ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) ले शुक्रबार एउटै समारोहमा सम्बोधन गर्ने भएका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) ले शुक्रबार एउटै समारोहमा सम्बोधन गर्ने भएका छन्। दुई पक्षबीच बिहीबार भएको वार्तापछि यस्तो सहमति भएको हो। 

दुई पक्षबीच भएको तीन बुँदे सहमति सार्वजनिक भए पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। 

सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा र बिहीबार एक चरणमा वार्ता भएको थियो। 

‘सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ’, दुवै तर्फबाट जारी संयुक्त प्रेस नोटमा उल्लेख छ। 

उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे विशेष समारोहमा प्रधानमन्त्री र नेत्र विक्रम चन्दले सम्बोधन गर्ने जानकारी दिए। 

विभिन्न हिंसात्मक गतिविध गरेको भन्दै सरकारले गत वर्ष फागुन २८ गते विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। 

यसपछि विप्लव समूहले देशका विभिन्न ठाउँमा जबरजस्ती चन्दा असुली र बम विस्फोटका घटना गराउँदै आएको थियो। पछिल्लाेपटक विप्लवका कार्यकर्ताले माेरङमा एक शिक्षककाे गाली हानी हत्या गरेका थिए।

ती घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहमा सयौं नेता कार्यकर्ता पक्राउ परेका छन्।

सकारले वार्ताका लागि प्रस्ताव गरेपछि विप्लव समूह पनि राजी भएको थियो। सोही क्रममा मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन गरिएको थियो। 

सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन्। यस्तै विप्लव समूहबाट प्रवक्ता खडकबहादुर विश्वकर्मा संयोजक र उदयबहादुर चलाउने सदस्य छन्।

बुधबार र बिहीबार भएको वार्तामा तीनबुँदे सहमति भएको छ। सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन्।

यस्ताे छ सहमति


 

प्रकाशित: Mar 04, 2021| 05:18 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।