काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ।
दुई पक्षबीच बिहीबार सहमति भएको हो।
सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन्।
सहमतिमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लवका तर्फबाट वार्ता टोलीका संयोजक खडकबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्।