मंगलबार, भदौ १६, २०८३

सरकार र विप्लव समूहबीच आज संयुक्त पत्रकार सम्मेलन !  

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको तेस्रो चरणको वार्ता बिहीबार बालुवाटारमा सुरु भएको छ। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको तेस्रो चरणको वार्ता बिहीबार बालुवाटारमा सुरु भएको छ। 

दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेपछि चरणबद्ध रूपमा वार्ता भइरहेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दुई चरणमा वार्ता भएको थियो। 

सरकारी वार्ता टोलीले वार्ता एजेन्डामा प्रवेश गरेको र दुवै पक्ष समान धारणा नजिक पुगेको बताएका छन्। तर, विप्लव समूहबाट भने अहिलेसम्म वार्तामा भइरहेको प्रगतिका विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

सरकारी उच्च स्रोतका अनुसार आज वार्ता सकेर संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ। 

विप्लव समूहले प्रतिबन्ध फुकुवा, थुनामा रहेका नेताकार्यकर्ताको रिहाइ र सबै मुद्दा खारेज हुनुपर्ने माग राख्दै आएको छ। 
सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। 

प्रतिबन्धयता विप्लवका सचिवालय सदस्यलगायत दुई हजारभन्दा बढी नेताकार्यकर्ता पक्राउ परिसकेका छन्।

प्रकाशित: Mar 04, 2021| 04:03 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।