शनिबार, असार २७, २०८३

अहमदाबादको पिच र इन्डियन खेलाडीदेखि डराउनु पर्दैन : जोय रुट

इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान जोय रुटले अहमदाबादको पिचका कारण आफ्नो टिमले दबाब लिनुपर्ने अवस्था नरहेको बताएका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान जोय रुटले अहमदाबादको पिचका कारण आफ्नो टिमले दबाब लिनुपर्ने अवस्था नरहेको बताएका छन्।

पछिल्ला तीन खेलबाट २–१ नतिजाले पछि परेको इंग्ल्यान्डले पिचका साथै इन्डियाका बलहरुबाट पनि डराउनु पर्ने अवस्था नरहेको बताएका छन्। पहिलो टेस्टमा जित निकाले पनि पछिल्ला दुई टेस्ट गुमाएपछि इन्डियाले खेलमा लिड गरिरहेको छ।

तर पछिल्ला पाँच इनिङका खेल हेर्दा इंग्ल्यान्डले १७८ भन्दा धेरै रन बनाउन सकेको छैन।

‘सबैभन्दा महत्वपूर्ण कुरा हामीसँग आत्मविश्वास चाहिन्छ,’ रुटले भनेका छन्, ‘हामीसँग डराउनु पर्ने र दबाबमा रहनु पर्ने कुनै कारण छैन। त्यसले हामीले खेललाई नियन्त्रणमा राखेर खेल्नुपर्छ।’

इन्डिया भ्रमणका दौरान इंग्ल्यान्डले लज्जास्पद हार बेहोरिसकेको छ। दोस्रो खेलमा ३१७ रनको हार बेहोरेको पाहुना टिमले तेस्रो खेलमा १० विकेटको हार बेहोरेको थियो।

इंग्ल्यान्डका पछिल्ला ४० विकेटमध्ये इन्डियाका स्पिनरले नै ३६ विकेट लिइसकेका छन्। यस्तो अवस्थामा इंग्ल्यान्डलाई इन्डियाका बलरदेखि खेल दबाब रहेको छ।

साथै अहमदाबादको पिचलाई ब्याटिङको सहयोगी मानिएको छैन। यसकारण विश्वकै ठूलो क्रिकेट रंगशालामा जित निकाल्न दुवै टिमलाई गाह्रो भने छ।

रुटका अनुसार डेनाइट तेस्रो टेस्टमा जस्तो अबको डे म्याचमा रातो बल भए पनि पिंक बलको भन्दा धेरै फरक पर्ने छैन।

‘कुन राम्रो विकेट हो भन्ने आधारका सबैको आआफ्ना मत हुन्छन्,’ रुटले भने, ‘खेलाडीका रुपमा हामीसँग जे अघि छ त्यहाँ प्रतिस्पर्धीको भन्दा राम्रो हो। त्यो नै हाम्रा यो हप्ताको चुनौति हो।’

यता इन्डियन कप्तान विराट कोहली अहमदाबादको पिच यति धेरै विवादमा आएको आफूले जान्न नसकेको बताएका छन्। उनले पिचको अनावश्यक गन्थन बन्द गर्नुपर्ने बताएका छन्।

यी दुई देशबीच चौथो टेस्ट आजबाट अहमदाबादको नरेन्द्र मोदी रंगशालामा सुरु हुँदैछ।
 

प्रकाशित: Mar 04, 2021| 03:35 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।