बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‌मा कांग्रेसको तयारी : आज पदाधिकारी छलफल गर्दै, लगत्तै संसदीय दल र केन्द्रीय समिति बैठक

संसद्‌मा कांग्रेसको तयारी : आज पदाधिकारी छलफल गर्दै, लगत्तै संसदीय दल र केन्द्रीय समिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

प्रतिनिधिसभाको अधिवेशन सुरु हुन लागेका बेला पार्टीले त्यहाँ निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न आज बिहीबार उनले आफ्नो निवासमा पदाधिकारीको बैठक बोलाएका हुन्। देउवा निवासमा आज अपरान्ह ३ बजे बैठक तय भएको छ। 

संसद् पुनर्स्थापनापछि एकपटक पदाधिकारी बैठक बसिसकेको छ। १३ फागुनमा बसेको  बैठकले नेकपा विभाजन नहुन्जेल तटस्थ बस्ने निष्कर्ष निकालेको थियो। 
नेकपाको दाहाल नेपाल समूहले सत्ता सहकार्यको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए। 

भोलि कांग्रेस संसदीय दलको बैठक पनि बस्दैछ। त्यसैगरी पर्सि शनिबार केन्द्रीय समिति बैठक डाक्ने सभापति देउवाको तयारी छ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि कांग्रेसको भूमिका बढेको छ। तर, सरकारमा सहभागिताबारे पार्टीमा दुई मत छ।

सभापति देउवालगायत संस्थापन पक्ष सरकारमा जानुपर्ने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सरकारमा जान नहुने अडानमा छ। हिजो बुधबार देउवा र पौडेलबीच एउटै मञ्चबाट फरक–फरक धारणा आएका थिए। 

 यो पनि ...

कम्युनिस्टको सरकारमा कांग्रेस जानै हुँदैन : डा. महत

देउवाले पौडेललाई भने– पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, सानो चित्त नगर्नुस्

कांग्रेस सभापति र महामन्त्रीको एकै स्वर– सरकारमा जान तयार छौं

श‌शांक कोइरालाले भने- दाहाल-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ

 

 

 

 

 

प्रकाशित: Mar 04, 2021| 03:06 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।