शनिबार, असार २७, २०८३

क्रिस्टल प्यालेससँग रोकियो युनाइटेड

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छ।

क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा उसले बलियो टिम म्यानचेस्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको हो।

युनाइटेडले क्रिस्टलतर्फ प्रशस्तै प्रहार गरे पनि उसको प्रहार पोस्टबाहिर गएको थियो। बलमा अधिकांश समय नियन्त्रण बनाए पनि उसले स्कोर गर्न भने सकेन।

यससँगै दोस्रो स्थानको युनाइटेडले पछिल्ला दुई खेलमै चार अंक गुमाएपछि उसँग अहिले ५१ अंक छ। अर्को टिम क्रिस्टल भने ३४ अंकका साथ १३ औं स्थानमा छ।

बुधबार राति नै सम्पन्न अर्को खेलमा बर्नली र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन्। त्यस्तै, शेफिल्ड युनाइटेडको मैदानमा घरेलु टिमला एस्टोन भिल्लालाई झिनो गोलअन्तरले हराएको छ।

उसले १–० गोलले पाहुना टिमलाई हराएको हो।
 

प्रकाशित: Mar 04, 2021| 02:42 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।