शनिबार, असार २७, २०८३

नाटकीय जितसँगै बार्सिलोना कोपा डेल रेको फाइनलमा

सेभियाविरुद्ध नाटकीय जितका साथ स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– सेभियाविरुद्ध नाटकीय जितका साथ स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न दोस्रो लेगको सेमिफाइनल खेलमा उसले ३–० गोलको जित निकाल्दै समग्रमा ३–२ गोलको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो।

यसअघि सम्पन्न पहिलो लेगको खेलमा सेभियाले २–० गोलको जित निकालेको थियो। तर बुधबार रातिको खेलको ११ औं मिनेटमा गोल गर्दै ओउसमान डेम्बेलेले बार्सिलोनाका लागि अग्रता बनाएका थिए।

त्यसपछि खेलको ७२ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाए पनि बार्सिलोनाका किपरले त्यसलाई सहजै बचाएका थिए। गोल गर्ने महत्वपूर्ण अवसर गुमाएपछि उसले थाप गोल गर्न सकेन।

यता खेलको इन्ज्युरी समयमा एन्टोनी ग्रिजम्यानले दिएको पासबाट पिकले गोल गरेपछि बार्सिलोनाले गएरातिको खेलमा दुई गोलको अग्रता बनायो।

पहिलो लेगको खेलमा सेभिया समान दुई गोलले अघि भएका कारण निर्धारित समयसम्म बराबरी मात्र भयो। यसकारण खेलमा अतिरिक्त ३० मिनेट थप गरियो।

समय थप गरिनुअघि नै सेभियाका फर्नान्डोले इन्ज्युरी समयमा डबल यल्लो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका थिए।

१० खेलाडीमा सीमित सेभियाको फाइदा उठाउँदै मार्टिन ब्रेथवेटले खेलको ९५ औं मिनेटमा गोल गरे। यससँगै बार्सिलोनाले समग्रमा दुई खेलमा ३–२ गोलको अग्रता बनायो। र, यससँगै खेल जित्यो।

यता गत समरमा मात्र बार्सिलोनाबाट धपाइएका लुड डि जोङले पनि खेलको १०२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरएका थिए।
 

प्रकाशित: Mar 04, 2021| 02:29 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।