बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोंगबु हत्याकाण्ड : कल्पनालाई आजीवन कैद, छोरीलाई सफाइ

गोंगबु हत्याकाण्ड : कल्पनालाई आजीवन कैद, छोरीलाई सफाइ

काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याकाण्डकी आरोपी कल्पना मुडभरी पौडेललाई काठमाडौं जिल्ला अदालतले आजीवन काराबासको सजाय सुनाएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याकाण्डकी आरोपी कल्पना मुडभरी पौडेललाई काठमाडौं जिल्ला अदालतले आजीवन काराबासको सजाय सुनाएको छ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हालै उनलाई आजीवन काराबासको सजाय सुनाएको हो।

मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात् २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भए आजीवन काराबासको सजाय हुने व्यवस्था छ।

गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो।  कल्पनाको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा झोला र जिउ सुटकेसमा राखेर सडकको छुट्टाछुट्टै स्थानमा फालिएको थियो।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले कल्पना र उनकी छोरीलाई पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दा चलाएको थियो। घटनामा छोरीको भने संलग्नता नदेखिएकोले अदालतले सफाइ दिएको छ।
 

प्रकाशित: Mar 04, 2021| 02:13 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।