बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानमारमा सेनाको गोलीबाट एकैदिन ३८ जनाको मृत्यु, राष्ट्रसंघले भन्यो– खुनी बुधबार

म्यानमारमा सेनाको गोलीबाट एकैदिन ३८ जनाको मृत्यु, राष्ट्रसंघले भन्यो– खुनी बुधबार

म्यानमारमा सैनिक कू भएको एक महिना बितिसक्दा पनि विरोध प्रदर्शन जारी छ। प्रदर्शन हिंसात्मक पनि बन्दै गएको छ। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– म्यानमारमा सैनिक कू भएको एक महिना बितिसक्दा पनि विरोध प्रदर्शन जारी छ। प्रदर्शन हिंसात्मक पनि बन्दै गएको छ। 

हिजो बुधबार एकैदिन ३८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण बुधबार’ भनेको छ। म्यानमारस्थित राष्ट्रसंघका राजदूत क्रिस्टिन श्रेनरले मुटु नै हल्लाउने भिडियो फुटेजहरु बाहिर आइरहेको बताएका छन्। 

गत फेब्रुअरी एक तारिखमा भएको सैनिक सत्तापलटपछि पूरै म्यानमारभरि विरोध प्रदर्शन भइरहेको छ। आङ सान सू ची सहित नेताहरुलाई रिहा गर्नुपर्ने माग प्रदर्शनकारीले गरेका छन्। 

अहिलेसम्मको प्रदर्शनमा ५० जनाको मृत्यु भइसकेको बताइएको छ। कैयौं घाइते भएका छन्। प्रहरीले निहत्था नागरिकलाई पिटेको र गोलीसमेत हानेका भिडियो सार्वजनिक भइरहेका छन्। 

सेभ द चिल्ड्रेनका अनुसार ब्धबार मारिनेमा १४ र १७ वर्षका किशोर पनि छन्। १९ वर्षकी एक किशोरी पनि मारिएकी छन्।
 

प्रकाशित: Mar 04, 2021| 00:55 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।