बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक पूर्वाग्रह नराखी काम गर्छु : अध्यक्ष पराजुली 

राजनीतिक पूर्वाग्रह नराखी काम गर्छु : अध्यक्ष पराजुली 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशिलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशिलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्। 

आयोगले बुधबार भद्रकालीस्थित आफ्नै कार्यालयमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन्। 

उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदीय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै राजनीतिक पूर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताइन्। 

अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाइन्। उनले त्यस्तो भएको अनुभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाइन्। 
 

प्रकाशित: Mar 03, 2021| 15:31 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।