काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कुनै पनि कम्युनिस्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन्।
नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार आयोजना गरेको श्रद्धाञ्जली सभामा सहमहामन्त्री महतले कम्युनिस्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जान नहुने बताएका हुन्।
तर, सरकारको नेतृत्व लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क उनले गरे। उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताए। नेपाली कांग्रेस कम्युनिस्टको कुन पक्षतिर लाग्ने भन्दा पनि कम्युनिस्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उनको भनाइ छ। आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने उनले बताए।