बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ मा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।  
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

विराटनगर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ मा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।  

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो। को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान –१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ –१ का ३० वर्षीय दिलिप राना मगर गम्भीर घाइते भएका थिए। उनीहरु दुवै जनाको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

कारमा सवार धरान १६ का दिलिप राना मगर, उनकी श्रीमती ३० वर्षीय अन्जु मगर, ३० वर्षीय सुरेश  मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी २ का ३९ वर्षीय ज्ञान बहादुर कसाई र मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन्। 

घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: Mar 03, 2021| 13:15 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।