बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघ र प्रदेशको खिचातानीले विकासका काम थन्किए : विनोद चौधरी

संघ र प्रदेशको खिचातानीले विकासका काम थन्किए : विनोद चौधरी

प्रतिनिधिसभा सदस्य एवम् नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीले प्रदेश २ नेपालको व्यापारको उद्गमस्थल भए पनि संघ र प्रदेशको खिचातानीका कारण विकासका कामहरु थन्किएकोमा दुःख व्यक्त गरेका छन्। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

जनकपुरधाम- प्रतिनिधिसभा सदस्य एवम् नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीले प्रदेश २ नेपालको व्यापारको उद्गमस्थल भए पनि संघ र प्रदेशको खिचातानीका कारण विकासका कामहरु थन्किएकोमा दुःख व्यक्त गरेका छन्। 

संघ सरकार र प्रदेश सरकारको खिचातानीका बीच उद्योगीहरु लगानी गर्न रुचाउन नसकेकोले विकासका कामहरु थन्किएको उनले बताए। 

बुधबार जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा सुरु भएको दोस्रो जनकपुर साहित्य महोत्सवमा प्रमुख वक्ताको रुपमा बोल्दै उद्योगपति चौधरीले आफूहरु यस प्रदेशमा लगानी गर्न चाहे पनि संघ र प्रदेशको अधिकार बाझिएका कारण लगानी गर्न नसकेको बताए। 

उनले भने, ‘संघीयता पश्चात् विकास गर्ने क्रममा यसै प्रदेशबाट विकासको काम सुरु गर्ने मानसिकताका साथ २ सय मेगावाटको सोलार पावरको प्रोजेक्ट सञ्चालन गर्न प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री र लगानीकर्ताबीच सम्झौता गरायौँ तर दुर्भाग्यवस प्लान्ट सञ्चालनका लागि जग्गा उपलब्ध गराउने अधिकार संघको हो कि प्रदेशको यही लफडामा प्रोजेक्ट नै थन्कियो।’ 

संघ र प्रदेशबीचका खिचातानीका कारण यहाँको विकासमा अवरोध भइरहेको उनले बताए। 

व्यापार व्यवसायको उद्गम स्थलको रुपमा यो प्रदेश रहेको भन्दै यहाँ व्यापार गर्ने सम्पूर्ण वातावरण भएकोले आफूहरु लगानी गर्न तयार रहेको चौधरीले बताए। उनले कुनै समय नेपाल सिमेन्टमा भारतमा निर्भर रहेको भन्दै भने, ‘सरकारले खानीनजिक विद्युतको पहुँच पुर्याएपछि अहिले नेपाल सिमेन्ट निर्यात गर्ने देशमा परिणत भएको छ।’ सरकारले व्यवसाय गर्ने वातावरण बताए व्यवसायीहरु लगानी गर्न तयार रहेको उनले बताए।

उनले मिथिला सभ्यता तथा मिथिला संस्कृतिको विश्वसामु प्रचारप्रसार गर्न सके रोजगारीको बाढीको सिर्जना गर्न सकिने बताए। यसका लागि प्रदेश तथा स्थानीय सरकारलाई मापपदण्ड तयार पार्न अग्रसर हुनुपर्नेमा जोड दिए। जनकपुरधामको इतिहास र धार्मिक परम्परा प्राचिन रहेकोले यसलाई प्रचार गरी उद्योग क्रान्ति ल्याउने प्रचुर सम्भावना रहेको बताए।

प्रकाशित: Mar 03, 2021| 14:17 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।