बुधबार, भदौ १७, २०८३

दिनभरको दौडधुपपछि देउवाले लगाए कोरोना खोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित निजामती अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

खोप लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै देउवाले आफूले पालोअनुसार कोरोनाविरुद्धको खोप लगाएको भन्दै अरुलाई पनि पालोअनुसार खोप लगाउन आग्रह गरेका छन्।

साथै उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डहरुको पालना गर्न पनि आग्रह गरेका छन्।

आगामी २३ गते प्रतिनिधिसभा बैठक बस्ने भएपछि संसद सचिवालयले सबै सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

देउवाले बुधबार साँझ खोप लगाउनुअघि विभिन्न जिल्लाको दौडाह गरेका थिए। 

उनी चितवन तथा रौतहटमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भएर फर्किएर साँझ खोप लगाएका हुन्।
त्यसअघि दिउँसो अरु सांसदहरुले पनि खोप लगाएका थिए।

प्रकाशित: Mar 03, 2021| 13:35 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।