शनिबार, असार २७, २०८३

बुफनले २०२३ मा फुटबलबाट संन्यास लिने

पूर्व इटालियन अन्तर्राष्ट्रिय गोलकिपर तथा युभेन्टस् स्टार गियान्लुगी बूफनले २०२३ मा संन्यास लिने बताएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- पूर्व इटालियन अन्तर्राष्ट्रिय गोलकिपर तथा युभेन्टस् स्टार गियान्लुगी बूफनले २०२३ मा संन्यास लिने बताएका छन्।

उनले आफ्नो बुट चाँडै नथन्क्याउने बताउँदै संन्यासबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

४३ वर्षे फुटबल खेलाडीको सिरी ए विजेता युभेन्टससँग आउँदो समरमा सम्झौता सकिँदै छ। तर उनको सम्झौता थप हुनेबारे अहिलेसम्म सहमति हुन सकेको छैन।

‘यहाँ, मेरो निधारमा हेर्नुहोस् त, त्यहाँ मेरो खेलको अन्तिम सीमा तोकिएको छ र त्यो हो २०२३,’ बुफनले गार्डियानलाई अन्तर्वार्ता दिने क्रममा भने।

‘त्यो अधिक हो, साँच्चै नै अधिक समय हो त्यो। तर म आउँदो चार महिनापछि नै पनि संन्यास लिनचाहिँ सक्छु,’ उनले थपे।
बुफनले इटालीबाट २००६ को विश्वकप जितेका थिए। त्यसयता उनले युभेन्टसबाट सिरी एको उपाधि १० पटक जितिसकेका छन्।

तर बुफनले यसअघि २०१७ मा २०१८ मा संन्यास लिने बताएका थिए। तर उनले त्यसो गरेनन्।

बरु फ्रेन्च क्लब पीएसजीमा गएर एक वर्ष खेलेर पुनः युभेन्टस फर्किए। उनले भर्खरै आफ्नो केरियरको ११ सय अफिसियल खेल पनि पुरा गरेका छन्।

प्रकाशित: Mar 03, 2021| 12:25 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।