शनिबार, असार २७, २०८३

बराबरीमा रोकियो नयाँबस्ती, सातदोबाटोलाई पछ्याउँदै खुमलटार

सहिद स्मारक बी डिभिजन लिगमा फुटबलमा नयाँबस्ती युवा क्लब टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- सहिद स्मारक बी डिभिजन लिगमा फुटबलमा नयाँबस्ती युवा क्लब टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नयाँबस्तीले टुसालसँग १-१ गोलको बराबरी खेलेको हो।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले बनाएको अग्रता जागाउन नसकेपछि नयाँबस्ती बराबरीमा रोकियो। बराबरीका लागि खेलको ७१ औं मिनेटमा टुसालका एलोन राईले गोल गरे।

यो बराबरीसँगै नयाँ बस्तीले ९ खेलबाट १२ अंक जोडेको छ। यता टुसालले समान ९ खेलबाट ८ अंक जोडेको छ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा खुमलटारले बोइज युनियन क्लबविरुद्ध ३–० गोलको जित निकालेको छ। जितका लागि सविक केसीले २ र आयुष घलानले १ गोल गरे।

खेलको १९ औं मिनेटमा गोल गर्दै सविन केसीले खुमलटारलाई अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमा सवितले नै गोल गरेपछि खुमलटारले पहिलो हाफमै अग्रता दोब्बर बनाएको थियो।

दोस्रो हाफमा पनि उसले एक गोल थप्यो। यसपटक आयुस घलानले गोल गरे। यसँगै खुमलटारले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ।

शीर्षस्थानको सातदोबाटोको २२ अंक हुँदा उसको पनि समान अंक छ। यता पराजित बोइज युनियन क्लब १४ अकका साथ चौथो स्थानमा छ।

प्रकाशित: Mar 03, 2021| 12:18 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।