बुधबार, भदौ १७, २०८३

सरकार र विप्लवबीचको वार्ता एजेन्डामा प्रवेश

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न दोस्रो चरणको वार्ता भएको थियो। 

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले दोस्रो चरणको वार्ता सम्पन्न भएको बताए।

‘वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेका छन्,’ उनले भने, ‘छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा छ।’

विप्लव समूहले प्रतिबन्ध फुकुवा, थुनामा रहेका नेताकार्यकर्ताको रिहाइ र सबै मुद्दा खारेज हुनुपर्ने माग राख्दै आएको छ। आजको बैठकमा यिनै विषयमा छलफल सुरु भएको वार्ता टोलीका एक सदस्यले बताए। 

सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। 

प्रतिबन्धयता विप्लवका सचिवालय सदस्यलगायत दुई हजारभन्दा बढी नेताकार्यकर्ता पक्राउ परिसकेका छन्। 

सरकार र विप्लव दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए। दुवै पक्षबीच बिहान पहिलो चरणको वार्ता भएको थियो।

प्रकाशित: Mar 03, 2021| 11:41 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।