बुधबार, भदौ १७, २०८३

जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक 

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ। 

जंगीअड्डामा बुधबार सुरु भएको बैठक उद्घाटन रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। 

उनले ६/६ महिनामा आयोजना हुने रणनीतिक तहको बैठकले विगतको गहन समीक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्ययोजनाका लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरे।

‘बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुने कुरामा म पूर्ण विश्वस्त छु,’ उनले भने।  

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ संगठनका रुपमा विकास गर्ने लक्ष्य प्राप्तिका लागि परिवर्तनलाई संस्थागत गर्दै लैजान आवश्यक रहेको बताए।

बैठकले विषयगत तथा क्षेत्रगत रुपमा भइरहेका कार्यकारे समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दिगगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्ति विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नेछन्।

बैठकपछि प्राप्त हुने रायसुझावले नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने नेपाली सेनाले विश्वास लिएको छ।
पृतनापति समन्वयात्मक बैठक तीन दिनसम्म सञ्चालन हुनेछ। 

प्रकाशित: Mar 03, 2021| 11:52 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।